२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र बझाङमा जुवातास खेलिरहेका २६ जनालाई पक्राउ गर्दै दुई लाख रुपैयाँ बढी नगद बरामद समेत गरिएको छ ।

गएराति साढे १ बजेतिर कैलालीको गोदावरी नगरपालिका-८ को हरीनगर बस्ने प्रदीप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा उनीसहितका ९ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार २३० रुपैयाँ नगदसहित पक्राउ गरेको हो । जुवाखालबाट दुई गड्डी तास र बाप्र०२–०४१ प १८५४ नम्बरको स्कुटी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

गएराति नै कञ्चनपुरको भिमदत्त नगरपालिका-५ वनगाँउका ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद ८२ हजार ३२२ रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।

यस्तै, बझाङमा पनि थप पाँच जना जुवाडे पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने ६५ वर्षीय बजुर खड्काको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा खड्कासहितका पाँच जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ६६ हजार १३० नगद र दुई गड्डी ताससहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।