२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको कर्णाली अभियानले जगाएको उत्साह 

अ+ अ-

काठमाडौँ । जनमतका हिसाबले सबैभन्दा कमजोर मानिएको कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ दिने अभियान सम्पन्न गरेको छ ।

कार्तिक ६ गते सल्यानको सल्लिबजारबाट सुरु गरेको अभियान मुगुको गमगढीमा सभा गर्दै समापन भएको छ । कर्णाली अभियानले राप्रपामा उत्साहको वातावरण सिर्जना गरेको र राप्रपा प्रति कर्णालीमा जनलहर सिर्जना भएको दाबी पार्टी केन्द्रीय सदस्य रवि किरण हमालले गरेका छन् । 

मुख्य राजनीतिक दल सत्ता स्वार्थमा अल्झनु, आफ्ना कर्तुत ढाकछोप गर्न राज्य संयन्त्र दुरुपयोगमा लाग्नु र नयाँ आएको दल समेत सभापतिको सहकारी काण्ड वरिपरि केन्द्रित हुनुले राप्रपा बैकल्पिक शक्तिको रूपमा स्थापित भएको प्रतिक्रिया दिएका छन् ।

६ दिने कर्णाली अभियानमा के के भयो ?

सल्लिबजार सल्यान 
कार्तिक ६ गते सल्यान जिल्लाको आयोजनामा सल्लिबजार जनसभा भएको थियो । उक्त जनसभामा पूर्वी सुर्खेत र जाजरकोट जिल्ला सम्मका कार्यकर्ताहरूको उपस्थिति थियो । सल्यान बाट राप्रपाले गएको निर्वाचनमा अनिशा नेपालीलाई समानुपातिक तर्फ दलित कोटामा प्रतिनिधिसभाको सदस्य बनाएको थियो । 

कार्यक्रम गरिएको बनगाड कुपिण्डे नगरपालिकामा राप्रपाको तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सम्मानित गरिएको थियो । गएको स्थानीय तह निर्वाचनमा कपुरकोट गाउँपालिका वडा नम्बर ६ अध्यक्ष , शारदा नगरपालिका ३ र २ सदस्य राप्रपाले जितेको थियो । आमसभामा पूर्वी सुर्खेत र सल्यानमा विभिन्न पार्टीमा भएकाहरूले राप्रपा प्रवेश गरेका थिए।

बाबियाचौर, सुर्खेतकार्तिक ७ गते राप्रपा सुर्खेत जिल्ला कार्यालयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । लगत्तै राप्रपा अध्यक्षको टोलीले कर्णाली प्रदेशको गौरवको आयोजना कर्णाली प्रदेश रंगशालाको अवलोकन तथा निरीक्षण गरेका थियो । सोही दिन पश्चिम सुर्खेत पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आम सभा गरेको थियो । कर्णाली प्रदेश सभामा समानुपातिक तर्फ सन्तोशी शाही एक मात्र सदस्य छिन् । गएको स्थानीय तह निर्वाचनमा राप्रपाले वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकामा उल्लेखनीय मत हासिल गरेको थियो। नवीन राप्रपा अन्तर्गत ४० वर्ष मुनिका केन्द्रीय सदस्यमा सुर्खेत बाट चयन भएका रवि किरण हमाललाई पनि वक्ताको रूपमा कार्यक्रममा पार्टीले मौका दिएको थियो । 

दुल्लु , दैलेख 
कार्तिक ८ गते दैलेखको दुल्लुमा राप्रपाले आमसभा गरेको थियो। राप्रपा महामन्त्री कुन्ती कुमारी शाहीको गृह जिल्ला रहेको र गएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ शाही उम्मेदवार भएर अघिल्लो निर्वाचनको तुलनामा मत संख्या बढाएकी थिइन् । दुल्लुको आमसभामा दर्जनौँले पार्टी प्रवेश गरेका थिए ।

मान्मा कालिकोट
कार्तिक ९ गते कालिकोटको मान्ममा आमसभा सम्पन्न भएको थियो । राप्रपा प्रदेश अध्यक्ष दिप बहादुर शाही र सहमहामन्त्री धन बहादुर बुढाको गृह जिल्ला कालिकोट हो । 

२०७९ सालको प्रदेशसभा निर्वाचनमा राप्रपाले कर्णाली प्रदेश सभामा सुशीला शाहीलाई समानुपातिक सांसद बनाएको थियो । आमसभामा 

जसपा नेपालका जिल्ला अध्यक्ष माधव उपाध्याय लगायत सम्पूर्ण जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको थियो ।

गुठिज्युला, जुम्ला
कार्तिक १० गते राप्रपा नेतृत्वले खस राज्यको राजधानी सिंजा उपत्यकाको अवलोकन गरेको थियो । सोही दिन गुठिज्युलामा भव्य आमसभा सम्पन्न भयो । 

कर्णाली प्रदेशबाट राप्रपाको तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ भारी मतसहित निर्वाचित भएका पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीको गृह जिल्लामा भएको आमसभामा विशाल जनसभा भएको थियो । 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाही जस्तो साहसिक र विकास प्रेमी नेतालाई निर्वाचित गर्ने जनतालाई धन्यवाद दिँदै स्थानीय तहको निर्वाचनमा समेत अब राप्रपालाई जिताउन अपिल गरेका थिए । ज्ञानेन्द्र शाही भावुक हुँदै जुम्लीको शिर कहिल्यै निहुरिन नदिने प्रतिबद्धता गरेका थिए ।

गमगढी, मुगु 
कार्तिक ११ गते राप्रपा नेतृत्वले रारा तालको अवलोकन गरेको थियो । पार्टी उपाध्यक्ष रबिन्द्र मिश्रको टिमले विगतमा परोपकारी अभियान चलाएर निर्माण गरेको हेल्प नेपाल हेल्थ पोस्टको अवलोकन तथा निरीक्षण गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही सहित नेताहरू पुगेका थिए । 

सोही दिन गमगढीमा राप्रपाले विशाल जनसभा गरेको थियो । आमसभामा जनताको बाक्लो उपस्थिति भएपछि सुरक्षा निकायलाई हम्मेहम्मे परेको थियो । प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको विकास निर्माणलाई तीव्रता दिने सवालमा मुगु बाट निर्वाचित सांसद पन्छिने गरेको भन्दै दुखेसो पोखेका थिए । 

राप्रपा कर्णाली अभियानमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री कुन्ती शाही, कर्णाली प्रदेश अध्यक्ष दिप बहादुर शाही, सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी , प्रवक्ता ज्ञानेन्द्र शाही, लुम्बिनी प्रदेश सभा उपसभामुख मेनुका खाँण लगायत केन्द्रीय नेताहरू थिए ।

पार्टीका नेताहरूले सबै आमसभामा जनतालाई मत बदल्न आह्वान गरेका छन् । पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पद्धति कायम गरेर हाम्रै जीवनकालमा नेपाललाई उन्नत राष्ट्र निर्माण गर्ने संकल्प र प्रतिबद्धता गरेका छन् ।  

नयाँ केन्द्रीय सदस्यलाई मौका
नवीन राप्रपा अभियान अन्तर्गत ४० वर्ष मुनिका केन्द्रित सदस्य अनिशा नेपाल र रवि किरण हमाललाई पार्टीको वक्ताको रूपमा अगाडि सारेर राप्रपा युवाहरूको पार्टी रहेको सन्देश दिएको छ ।

प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले सल्लिबजार र मान्मको सभामा सम्बोधन गरेकी थिइन् भने रवि किरण हमालले बाबियाचौर र मान्मको सभामा सम्बोधन गरेका थिए । अनिशा नेपालीले राप्रपाले सामान्य परिवारको मान्छेलाई प्रतिनिधि सभा सदस्य जस्तो जिम्मेवारीमा अवसर दिएको भन्दै राप्रपा सबैको साझा पार्टी रहेको दाबी गरेकी थिइन् । 

उनले राप्रपाको नेतृत्व क्षमता वान र इमानदार रहेकोले देशलाई अगाडि बढाउने प्रमुख शक्ति राप्रपा हुने बताएकी थिइन् । आमसभामा केन्द्रीय सदस्य रवि किरण हमालले ४८ सालयता निरन्तर निर्वाचित जनप्रतिनिधिको अकर्मण्यताका कारण कर्णाली  पछाडि परेका कारण अब मत बदल्नु अपरिहार्य रहेको भन्दै युवाहरूलाई अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस