२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यापारिक सम्बन्ध बिस्तारका लागि स्पेनी प्रधानमन्त्री सान्चेज भारतमा

अ+ अ-

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा स्वागत गरेका छन् । 

यस अघि स्पेनी प्रधानमन्त्रीका रूपमा होजे लुइस रोद्रिगेज झपातेरोले भारत भ्रमण गरेका थिए भने प्रधानमन्त्री साञ्चेजले १८ वर्षपछि स्पेनी प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गरेका छन् ।

भारतको रक्षा मन्त्रालयले सन् २०२१ मा एयरबस डिफेन्स एन्ड स्पेसबाट ५६ कार्गो र सेनाको लागि सी २९५ विमानका लागि २.५ अर्ब डलरको सम्झौता गरेको थियो । 

गुजरात राज्यको वडोदरामा टाटा एडभान्स सिस्टम्स र एयरबसको सहकार्यमा निर्माण गरिएको सैन्य विमान कारखानाको उद्घाटन गर्न जाँदै गर्दा सुन्तला रंगको सयपत्री फुलको मालाले सजिएको गाडीबाट स्वागतका लागि सडक किनारामा उभिएका भारतीयको आथित्यतालाई दुवै देशका नेताले हात हल्लाएर स्वीकारेका थिए।

स्पेनको सेभिलमा १६ वटा विमानको निर्माण (एसेम्बल) गरिने बताएकोमा पहिलो विमानको डेलिभरी गत वर्ष गरिएको थियो भने बाँकी ४० वटा विमान भारतमा निर्माण हुनेछन् ।

वडोदरामा रहेको भारतीय विमान निर्माण प्लान्टले सन् २०२६ मा पहिलो ‘मेड इन इन्डिया’ सी२९५ विमान निर्माण सम्पन्न गर्नेछ ।

“यो कारखानाले भारत–स्पेन सम्बन्धलाई मात्र बलियो बनाउने छैन, ‘मेक इन इन्डिया एन्ड मेड फर द वल्र्ड’ मिसनलाई पनि मजबुत बनाउनेछ,” मोदीले भने । 

यसले विश्वव्यापी एयरो स्पेस उत्पादनमा एक विश्वसनीय साझेदारको रूपमा भारतको स्थितिलाई पनि बलियो बनाउने उनको दाबी रहेको छ । 

सान्चेजले एयरबसले भारतको रक्षा र अन्तरिक्ष उद्योगमा नयाँ अध्याय कोरेको बताए । 

“यो परियोजनाले हाम्रो औद्योगिक सम्बन्धलाई मजबुत बनाउँछ र भरपर्दो र रणनीतिक साझेदारको रूपमा हाम्रो देशको गहिरो प्रतिबद्धतालाई अन्तर्निहित गर्दछ,” साञ्चेजले भने । यसले स्पेनी रक्षा उद्योगको क्षमता पनि देखाउँछ।

भारतले सन् २०२३ मा ९.९ अर्ब अमेरिकी डलर को व्यापार गरेकोमा ७.१७ अर्ब डलरको निर्यात गरेको छ भने २.७४ अर्ब डलरको आयात गरेको छ ।

स्पेन, भारतमा २८० भन्दा बढी स्पेनी कम्पनीसहित १६ औँ ठूलो विदेशी लगानीकर्ता हो र स्पेनले निर्माण, फार्मेसी, ऊर्जा, साथै रेलवे उद्योगमा पनि भारतमा लगानी बढाउन उत्सुक रहेको छ ।

स्पेनको जहाज निर्माण कम्पनी नाभान्टियाका अधिकारीहरू पनडुब्बीसहित सम्भावित सम्झौताहरूको लागि भारत भ्रमणमा साञ्चेजको भ्रमण दलमा सहभागी रहेका छन् । 

मोदीले सन् २०१७ मा स्पेनको भ्रमण गरेका थिए भनेसन् २०१८ र २०२१ मा जी-२० शिखर सम्मेलनमा सान्चेजसँग वार्ता गरेका थिए । 

गत महिना चीनको भ्रमण गरेका सान्चेज एसियामा बेइजिङ र नयाँ दिल्ली दुवैसँगको सम्बन्धलाई मजबुत बनाउन चाहन्छन् । 

स्पेनी प्रधानमन्त्री साञ्चेजले मंगलबार भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईको भ्रमण गर्ने कार्यक्रम रहेको छ । मुम्बईमा रहँदा उनले स्थानीय औद्योगिक प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस