२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ: प्रधानन्यायाधीश

अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रको खोज र अध्ययन गर्न सकियो भने समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिने बताएका छन् ।

सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन शाखाको आयोजनामा आज काठमाडौँमा आयोजना भएको ‘नेपालको कानून तथा न्यायिक इतिहाससम्बन्धी कार्यशाला’लाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले खोज र अनुसन्धानले नेपालको कानून प्रणालीमा आएको विधि शास्त्रीय विकासक्रमको तुलना गर्न सहयोग पुग्ने बताए ।

सर्वोच्च अदालतले पनि कानून र न्यायिक इतिहासको खोज तथा अनुसन्धानलाई अघि बढाइएको जानकारी दिँदै उनले कुनै पनि विषयमा सूक्ष्म अध्ययन, खोज र अनुसन्धान नगरी अन्तरयमा पुग्न नसकिने जिकिर गरे । उनले कानून तथा न्यायिक इतिहासका बारेमा नागरिकलाई जानकारी गराई मौलिक विधिशास्त्र उजागर गर्दै कानून ज्ञानको प्रवर्द्धन गर्नेतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

सर्वोच्च अदालतले प्रधान न्यायालयबाट भएका केही फैसलालाई नेपाली भाषामा उतारेर सर्वोच्चको वेबसाइटमा प्रविष्ट गर्ने कार्यको सुरुआत गरी यसलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

प्रधानन्यायाधीश राउतले यसले प्रधान न्यायालयबाट भएको फैसला सबैका लागि पहुँच योग्य भएको र यो न्यायिक इतिहासमा कोसेढुंगा साबित भएको उल्लेख गरे । नेपालको इतिहासमा न्याय प्रणाली धर्ममा आधारित रहेको उल्लेख गर्दै उनले यी कानून दस्ताबेज हालका कानूनका आधार भएको स्मरण गरे ।

नेपालमा संहिताबद्ध कानूनको विकास हेर्दा विसं १९१० मा पहिलो पटक जंगबहादुरको पालामा एकीकृत कानूनका रुपमा आएको उल्लेख गर्दै उनले हाल प्रचलनमा रहेको कानून ती कानूनको निरन्तरताको रूपमा रहेको जानकारी गराए ।

कानून र न्याय प्रणाली समय, काल, परिस्थिति र सामाजिक परिभेष अनुसार परिमार्जन हुँदै जाने बताउँदै प्रन्या रावतले यो क्रममा ऐतिहासिक र राम्रा कानूनको अनुसरण गरिने पनि बताए । आजको कार्यक्रमले कानुन र न्यायिक इतिहास बुझ्न सहयोग गर्ने जानकारी गराउँदै उनले नेपालको कानुन र न्याय प्रणालीलाई परिस्कृत र मौलिक बनाउन यस कार्यक्रमले सहयोग गर्न विश्वास व्यक्त गरे ।

कार्यक्रममा इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले नेपालको कानूनको विकासक्रमका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अर्का इतिहासकार दिनेशराज पन्तले पनि कानूनको विकासक्रमका बारेमा धारणा राखेका थिए ।