११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार बोर्डका प्रमुख उप्रेतीमाथि २० लाख घुस लिएको आरोप: मन्त्रालय तानिए, छानबिन हुँदै 

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका प्रसाद उप्रेतीमाथि गम्भीर घुस काण्डको आरोप लागेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई छानबिनको लागि मन्त्रालयमा तानेको छ। डेनमार्कको श्रम संयोजक बनाइदिने आश्वासन दिएर एक व्यक्तिसँग २० लाख रुपैयाँ घुस लिएको आरोपसहित उजुरी परेको छ, जसका आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो।

उप्रेतीमाथि परेका उजुरीका आधारमा कानुन उपसचिव शारदा राउतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । डेनमार्कको लागि अवैतनिक श्रम दूत बनाउने भन्दै आफूसँग २० लाख रुपैयाँ लिएको तर नबनाएपछि रसिदसहित प्रधानमन्त्री कार्यालयमा परेको उजुरीमाथि छानबिन गर्न समिति गठन गरिएको मन्त्रालय उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि प्रमाण स्वरूप रसिदसमेत पेश भएको उजुरीमाथि छानबिन गर्न श्रम मन्त्रालयलाई पत्रसहित नै पठाई सकिएको र छानबिन चलिरहेको भन्ने जवाफ आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएका छन् । उप्रेतीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको बताइएको छ । 

डेनमार्कमा अवैतनिक श्रम दूत बनाइदिने प्रलोभन मात्र नभई, उप्रेतीमाथि बोर्डमा आफ्नो निकट व्यक्तिलाई अधिकृत स्तरको कर्मचारी नियुक्त गर्न निजी ल्यापटप प्रयोग गरी परीक्षा दिन लगाएको आरोपसमेत लागेको थियो । वैदेशिक रोजगार बोर्डले स्वीस हेल्भेटास (सामी परियोजना)को सहयोगमा ५ जना अधिकृत नियुक्त गर्दा अपारदर्शी ढंगले छनोट परीक्षा चलाएको तथा आफन्तलाई समेत नियुक्ति दिलाएको विषय बाहिर आएको थियो । 

श्रम मन्त्रालयका एक अधिकारीका अनुसार, उप्रेतीको नेतृत्वमा बोर्डको कार्यसम्पादन पटक–पटक विवादमा पर्दै आएको थियो। पछिल्लो घटनाले थप प्रश्न उठाएको छ।

उप्रेतीले वार्षिक समीक्षा गोष्ठी जस्तो महत्त्वपूर्ण कार्यक्रमहरूमा जानकारी बिना नै अनुपस्थित भएको, मन्त्रालयले दिएको निर्देशन अवज्ञा गर्ने गरेको तथा बोर्डको जिम्मेवारीसमेत पुरा गर्न नसकेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको थियो, जसको जवाफ उप्रेतीले आज बुझाएका छन् । 

यस विषयमा उप्रेतीसँग प्रत्यक्ष प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया दिनुहोस