काठमाडौँ । सूर्य दर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि रामबहादुर खनाललाई पक्राउ गरेको छ ।
तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौँको पानी पोखरीबाट पक्राउ गरेको हो। नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल जीवी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयर धनी हुन् ।
सीआईबीका अनुसार रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानका क्रममा रहेकै बेला खनाललाई पनि सोही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
उनलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको छ ।