काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशमा श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ ।
मन्त्रालयले आन्तरिक प्रतिस्पर्धाको आधारमा श्रम काउन्सिलर(उपसचिव स्तर) र श्रम सहचारी(अधिकृत स्तर) नियुक्त गरेको हो ।
श्रम काउन्सेलरमा दीपेन्द्र पौडेल (युएई), कविराज उप्रेती(साउदी अरब), मैया कँडेल(दक्षिण कोरिया), कृष्णप्रसाद भुसाल(मलेसिया) र सीता दुवाडी(कतार)मा नियुक्त गरेको हो । प्रतीक्षा सूचीको उम्मेदवारमा उपसचिव पुष्पराज कटवाल रहेका छन् ।
त्यस्तै श्रम सहचारीमा सुनिता थापा (बहराइन), प्रेमप्रसाद पोखरेल (कतार), पंकज लाभ कर्ण(युएई), जीवन कुमार घिमिरे(साउदी अरेबिया), विकास कुमार रजक (मलेसिया) र दामोदर ज्ञवाली(ओमान) रहेका छन् ।
प्रतीक्षा सूचीको उम्मेदवारमा भने कल्पना खनाल रेग्मी रहेकी छिन् ।
विदेश पोष्टिङका लागि निकै ठूलो रस्साकस्सी हुने गरेको छ । कतिपय व्यक्तिको हकमा रोजगार व्यवसायीहरुलेसमेत राम्रै लबिङ गरेको खबर प्रशासनलाई प्राप्त भएको छ ।