काठमाडौँ । सिंहदरवारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म सिंहदरवारबाट प्रदान गरिँदै आएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन र अन्य जानकारी सम्बन्धी सेवाहरू कात्तिक ११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसर (केशरमहल अगाडि) मा रहेको इकाईबाट प्रदान गरिने जानकारी दिएको छ।
यस निर्णयको मुख्य उद्देश्य सर्वसाधारणलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउनु रहेको विभागको भनाई छ। नयाँ स्थानमा सेवा केन्द्रित गरिँदा सेवाग्राहीलाई थप सजिलो हुनुका साथै विभागको भीड व्यवस्थापनमा पनि सहयोग जनाइएको छ ।
महानिर्देशक युवराज कटेलका अनुसार, यो कदमले सेवाको गुणस्तर सुधार्दै नागरिकलाई परिचयपत्र सम्बन्धी सेवा लिन सहजता प्रदान गर्नेछ।