२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्लाइमेट समिटमा गगन थापाले भने-नेपालमा हिमनदीहरू खतरनाक दरमा पग्लिरहेका छन्

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जलवायु प्रभावले नेपालका हिमनदीहरू खतरनाक तरिकाले पग्लिरहेको बताएका छन् ।

भारतको नयाँ दिल्लीमा मंगलबार सुरु भएको ‘क्लाइमेट समिट-२०२४’ मा बुधबार सम्बोधन गर्दै महामन्त्री थापाले जलवायु परिवर्तनको प्रभाव नेपालमा गहिरो रूपमा देखिएको बताएका हुन् । ‘मेरो हिमाली देश नेपालमा हिमनदीहरू खतरनाक दरमा पग्लिरहेका छन्, जसले हिमनदीको संख्या घटाइरहेको छ’, उनले भने ।

१९७० दशकदेखि हिमनदीहरूले आफ्नो क्षेत्रफलको २५ देखि ४० प्रतिशत गुमाइसकेको उनले बताए । नेपालमा मनसुनको ढाँचा पनि केही वर्षदेखि अनियमित र अनिश्चित हुने गरेको थापाको भनाइ छ ।

यस वर्षको मनसुनमा सामान्यभन्दा २५ प्रतिशत बढी बर्सात भएको उल्लेख गर्दै महामन्त्री थापाले बाढी र पहिरोको प्रकोप पनि बढेको बताए । जलवायु परिवर्तनको असरले असाधारण गर्मी, जंगल आगलागी र वन फँडानी पनि क्रमशः व्यापक हुँदै गएको उनको भनाइ छ । ‘नेपाल खुद शून्य उत्सर्जनको दीर्घकालीन रणनीति’ बमोजिम, नेपालले विशेष गरी ऊर्जा, कृषि, र वन क्षेत्रका सुधारहरूमा ध्यान केन्द्रित गर्दै आएको उनले सुनाए ।

महत्वाकांक्षी सुधारहरू कार्यान्वयन गर्न २०३० सम्ममा एक उत्सर्जन घटाउने परिदृश्य अन्तर्गत राष्ट्रिय जिडिपीको २२ प्रतिशतसम्मको ठूलो लगानी आवश्यक पर्ने थापाको धारणा छ । नेपालका लागि कार्बन बजार विभिन्न क्षेत्रमा जलवायुसँग सम्बन्धित न्यूनीकरण उपायहरूलाई समर्थन र कार्यान्वयन गर्न महत्त्वपूर्ण हुने उनले बताए ।

‘स्वेच्छिक बजारहरूले कार्बन क्रेडिटको माग बढाउन र निजी क्षेत्रलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्’, महामन्त्री थापाले समिटमा भने, ‘हामीले एक यस्तो वातावरण तयार गर्नुपर्छ जसले सार्वजनिक-निजी साझेदारीलाई प्रोत्साहित गरोस्, जसले गर्दा व्यवसायीहरूलाई कार्बन परियोजनामा लगानी गर्न सजिलो हुन्छ ।’