काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ ।
अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरिदिएका थिए । तर दरपिठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालत प्रशासनले एमाले पार्टी कार्यालय दान लिने दिने विषयमा रिट निवेदकको सार्थक सम्बन्ध नरहेको भन्दै दरपिठ आदेश दिएको थियो । तर न्यायाधीश श्रेष्ठको इजलासले निवेदकले रिट दिन पाउने वा नपाउने विषय इजलासबाटै टुंगो लाग्ने भन्दै दर्ता गर्न आदेश दिएको हो ।







