Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा


६ कार्तिक २०८१, मंगलबार


काठमाडौँ । हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा जोरासँगै राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र राशिद खान छन् । यस्तै नारायण जोशी र दीपेन्द्र रावत पनि टिममा छन् ।

जबरा ब्याटर हुन् भने लोकेश बम विकेटकिपर ब्याटर हुन् । विवेक, प्रतिश, रासिद र नारायण अलराउण्डर हुन् । दीपेन्द्र स्पिनर हुन् । यस्तै नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने क्यानले जनाएको छ । हङकङ क्रिकेट सिक्सेसमा नेपाल अष्ट्रेलिया र इंग्ल्याण्डसँगै समूह बीमा छ । नेपालले पहिलो खेल नोभेम्बर १ मा इंगल्याण्ड तथा दोस्रो खेल नोभेम्बर २ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतियोगिता ८ टेष्ट टोलीका टिमसहित कूल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३-३ टोली छन् । यस प्रतियोगिताको हरेक खेल ६-६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् । एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन् ।

सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०१७ मा आयोजना भएको थियो । जसमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउँदै पाँचौँ पटक उपाधि जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस