२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी-पहिरो प्रभावित क्षेत्रमा तीव्र रूपमा राहत वितरण भइरहेको छ : गृह मन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढी-पहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको १४ औँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणको काम भइरहेको बताए ।

बाढीपहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उनले उक्त पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको बताए ।

गृहमन्त्री लेखकका अनुसार असोज दोस्रो साताअघि भएको विपद्ले निम्त्याएको घटनामा पुनःस्थापना र पुनर्निर्माणको काम भइरहेको छ ।

उनले भने, ‘एक वर्षयताका विपद्का घटनाको सम्बोधन हुने गरी निर्णय गर्न आवश्यक छ । पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ ।’

विपद्मा सीमित स्रोतसाधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै गृहमन्त्री लेखकले थप स्रोतसाधनको आवश्यकता रहेको औ‌ल्याए । विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्ने उनको भनाइ छ ।

बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिको बैठकले अति क्षति भएको पालिकालाई १ करोड, मध्यम क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस