२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ड्राफ्ट र टीटीबाट सटही सुविधा लिएको १२० दिनमा वस्तु आयात गर्न पाइने

अ+ अ-

काठमाडौँ । वस्तु तथा सेवा आयातमा कागजी प्रक्रिया लामो हुने भएकाले तोकिएको समयमा पूरा नहुने भएपछि नेपाल राष्ट्र बैंकले असल ‘डकुमेन्ट’ पेस गर्ने समय थप गरेको छ ।

कम कागजातका आधारमा विदेशी विनिमय नियमित गर्ने फारम भरेको ४५ दिनमा असल डकुमेन्ट पेस गर्नुपर्नेमा अब भने ६० दिनमा पेस गर्दा हुने भएको छ ।

राष्ट्र बैंकले तोकेको ४५ दिनमा विविध प्रक्रिया पूरा गरेर डकुमेन्ट नआउँदा समस्या भएपछि त्यसलाई सहजीकरण गर्न ६० दिन बनाएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । 

कपी डकुमेन्टका आधारमा विदेशी विनिमय नियमित गर्ने फारम भरेको ६० दिनमा असल डकुमेन्ट पेस नभए सोही आयातकर्तालाई पुनः कपी डकुमेन्टका आधारमा विदेशी विनिमय नियमित फारम जारी नहुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतीतपत्र (एलसी) विन ड्राफ्ट र टीटीका माध्यमबाट हुने वस्तु आयातमा सटही सुविधा प्रदान भएपछि आयात हुनुपर्ने समय थप भएको छ ।

यसअघि सटही सुविधा दिएको ९० दिनमा वस्तु आयात हुनुपर्ने व्यवस्था संशोधन गर्दै १ सय २० दिन पुर्‍याइएको हो ।

तत्काल विदेशबाट मगाउनुपर्ने विक्रेताले उधारोमा दिएको केही अत्यावश्यक सामान अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सक्ने सीमा पनि बढेको छ ।

हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेन्टका पार्टपुर्जाहरू तत्कालै विदेशबाट मगाउनु परेको अवस्थामा र विक्रेताले उधारोमा दिएमा अब अधिकतम अमेरिकी डलर १ लाखसम्मका त्यस्ता सामान अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने भएको छ । यसअघि उक्त सीमा १० हजार डलरमात्र थियो ।