Logo २१ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने


२८ आश्विन २०८१, सोमबार


काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरो, डुबानजस्ता विपदबाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । 

विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताए । 

प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । “पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ । वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानी पोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेष गरी ललितपुरमा पानीको समस्या छ,” उनले भने, “धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्मतका लागि समय लाग्छ ।”

उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरी जलको पानी ल्याएर वितरण भइरहेको छ । राईले भने, “आयोजना मर्मतका लागि हामी संघिय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौँ ।” 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस