काठमाडौँ । वर्षमा एक पटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

हनुमान ढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ ।

मानिसहरू बिहानै ३ बजेदेखि लाइनमा बसेका थिए । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमान ढोका दरबारको मूल चोकमा ल्याइएको छ ।


