२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँमा खानपान : मिठो तर सन्तुलित भोजन कसरी गर्ने ?

अ+ अ-

काठमाडौँ। नेपालीहरूको महान् पर्व हो दसैँ। यो चाडलाई नेपालीहरूले धूमधामका साथ मनाउने गर्छन्। अब दसैँ लागि सकेको छ । र, यस पर्वसँगै मीठा परिकारहरूको स्वाद लिने प्रतीक्षा पनि बढ्दो छ। दसैँ मिठा परिकारहरूका लागि परिचित चाड हो। मिठा व्यञ्जनबिना दसैँको रौनक नै अधुरो लाग्छ। त्यसैले, दसैँको अवसरमा विशेष परिकार बनाएर आफन्त र परिवारसँग रमाइलो गर्दै खाना खाने चलन रहेको छ।

अहिले त दैनिक जीवनमा मिठो मसिनो खानको लागि दसैँ पर्खनुपर्दैन। तर, दसैँसँग जोडिएको पारम्परिक स्वादले यसलाई अझ विशेष बनाएको छ। यस अवसरमा मासु, मिठाई, चिल्लो पिरो तरकारी, रोटी, र विविध पेय पदार्थहरू बढी खाइन्छ। यस्ता खानपानले शरीरमा प्रत्यक्ष असर पार्न सक्छ। पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठी भन्छिन्, “स्वस्थ रहनका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ।”

चाडपर्वको समयमा बनाइने परिकारमा मसला बढी हालिन्छ, र विभिन्न प्रकारका खाद्य वस्तुको प्रयोग गरिन्छ। त्यसैले, खानपानमा विशेष सावधानी अपनाउनु आवश्यक छ। हामीले दैनिक जीवनमा खाइरहेका र चाडबाडमा तयार गरिएका परिकारहरूबिचको भिन्नता बुझेर, कसरी तयार गरिएको छ भन्ने कुरामा ध्यान दिँदै मात्रामा सेवन गर्नुपर्छ।

जिब्रोले मिठास पाएर खानेकुरामा आकर्षण देखायो भन्दैमा शरीरलाई चाहिनेभन्दा बढी खाना खाँदा स्वास्थ्यमा असर पर्न सक्छ। शरीरको आवश्यकता अनुसार मात्र खाना खानु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। आवश्यकता भन्दा बढी खाएमा, व्यायामलाई पनि ध्यान दिनुपर्छ। चाडबाडका दिन भनेर स्वास्थ्यको बेवास्ता गर्नु हुँदैन। खानपानसँगै व्यायामलाई पनि प्राथमिकता दिनुपर्छ।

कसरी खाने दसैँमा स्वस्थ भोजन?
दसैँमा स्वादिलो र पौष्टिक परिकारहरूको खानपान गरिन्छ। विशेष गरी, माछा र मासुका विभिन्न परिकार बनाइन्छ। त्यसमाथि, चिल्लो र मसला बढी हालेर परिकार बनाउने गरिन्छ। पर्वहरूमा शाकाहारीहरूले पनि दूध, चिल्लो पदार्थ, र मिठाईहरूको बढी प्रयोग गर्छन्।

दसैँमा हामी प्रायः सामान्य दिनभन्दा धेरै मासु खाइरहेका हुन्छौँ। मासु खान हुँदैन भन्ने होइन, तर अत्यधिक चिल्लो, मसला र नुन भएको मासु खाँदा स्वास्थ्यमा समस्या निम्तिन सक्छ। निरन्तर धेरै मासु खाँदा पाचनमा समस्या आउन सक्छ, किनकि मासुमा रेसादार पदार्थ कम हुने हुँदा, उच्च रक्तचाप, मधुमेह र मोटोपन भएका व्यक्तिहरूले यसको अत्यधिक प्रयोग गर्दा जोखिम बढ्छ।

दसैँको रमाइलो अवसरमा आफन्तहरूसँग मिलेर खाना खाने चलन छ। तर, खानपानमा सन्तुलन हुनुपर्छ। मासुसँगै चिउरा, रोटी, भात खाइन्छ। मिठो मासु भएमा, भात अझै बढी खाने चलनले शरीरमा नकारात्मक असर पार्न सक्छ, र मोटोपन झनै बढ्न सक्छ।

त्यसैले, मासुसँगै हरियो तरकारी पनि पर्याप्त मात्रामा सेवन गर्नु पर्छ। यदि एक छाकमा बढी भयो भने, अर्को छाकमा मासु नखाने गर्नुपर्छ। पकाउँदा धेरै चिल्लो प्रयोग नगर्नु उपयुक्त हुन्छ।

मासु कति र कसरी खाने ?
हाम्रो परम्परा र धर्मले चाडबाडको समयमा मासुलाई मुख्य परिकारको रूपमा मान्यता दिएको छ। तर, धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताएर खाने अनि पुनः राख्ने बानीले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ। फ्रिजबाट जति पकाउने हो त्यति मात्र निकाल्नुपर्छ। रातो मासुको सट्टा सेतो मासु र माछा खाने गर्नुपर्छ। स्वस्थ व्यक्तिले पनि माछा र मासु सीमित मात्रामा मात्रै सेवन गर्नु पर्छ।

पोषण विज्ञान अनुसार, एक वयस्क व्यक्तिले दिनमा ६० देखि ९० ग्राम मात्र मासु खानु पर्छ। तर, चाडबाडको समयमा धेरैले यस मापदण्डभन्दा बढी मासु खाने गर्छन्, जसले शरीरमा समस्याहरू निम्त्याउन सक्छ। मासु खाँदा साग, मुलाको अचार जस्ता परिकार पनि सँगै सेवन गर्नुपर्छ। हरेक छाकमा मासु खाँदा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ, जसले रक्तचाप पनि बढाउँछ।

दसैँमा स्वास्थ्य समस्या आए के गर्ने ?
दसैँको समयमा धेरै खाएर स्वास्थ्यमा समस्या आउन सक्छ। यस्तो समयमा स्वास्थ्यलाई विशेष ध्यान दिएर मात्र खाना खानुपर्छ। यसका लागि तातोपानीको नियमित सेवन गर्नु पर्छ र सन्तुलन मिलाएर खानपान गर्नु आवश्यक हुन्छ।

स्वास्थ्यलाई स्वस्थ राख्न खानपान मात्र होइन, नियमित व्यायाम पनि जरुरी छ। चाडबाडको समयमा लामो समयसम्म जुवा तास खेल्ने बानीले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ।

दसैँको रमाइलोमा पनि व्यायाम नगर्ने बहाना गर्नु हुँदैन। बरु, कम्तिमा आधा घण्टा व्यायाम गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। शरीरलाई विकार गर्ने र मुटु रोगको सम्भावना बढाउने क्रियाकलापबाट टाढा रहनु राम्रो हुन्छ। साथै, निम्न कुरामा ध्यान दिनुपर्छ:
१. सिटामोल, जीवनजल, ब्यान्डेज जस्ता प्राथमिक औषधिहरू घरमा राख्ने। टाउको दुख्ने वा पेट दुख्ने जस्ता समस्या देखिएमा प्रयोग गर्न सकिन्छ।
२. पेट दुख्ने, झाडापखाला लागेमा जीवनजलको सेवन गर्नु पर्छ।
३. बासी खाना खाँदा स्वास्थ्यलाई हानि पुग्न सक्छ, त्यसैले ताजा खाना मात्र खानु उपयुक्त हुन्छ।
४. दसैँमा मासुसँगै फलफूल, सागसब्जी र प्रशस्त पानीको सेवन गर्नुपर्छ।
५. कोसेलीमा फलफूलको प्रयोग गरौँ।
६. कागती, बेसार, अदुवा मिसाएर पानी उमालेर पिउनु राम्रो हुन्छ।

अन्त्यमा,
हामीले खानपानबारे आफ्नै विवेक र ज्ञानलाई मापन बनाएर निर्णय गर्नुपर्छ। प्रकृतिले हामीलाई शरीर दिएको छ, र यही शरीरलाई नै मापदण्ड बनाएर हामीले जीवनका सबै पक्षहरूमा निर्णय लिनु पर्छ।

तसर्थ, हामी मांसाहारी हौँ वा शाकाहारी भन्ने विषयमा द्विविधा नराखी, शरीरलाई आवश्यक पर्ने खाद्य पदार्थहरूको सन्तुलन मिलाएर उपभोग गर्नु पर्छ। के खाने? कति मात्रामा खाने? कुन प्रकारका परिकारलाई मिश्रित गरेर खाने भन्ने विषयमा ध्यान दिनु पर्छ। आफूसँग प्रत्यक्ष भएको ल्याबजस्तो आफ्नो शरीरलाई मापदण्ड बनाएर, चाडपर्वको मिठासलाई सन्तुलित खानपानको माध्यमबाट रमाइलो बनाउँदै मनाउनुपर्छ।

(पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठीसँग प्रशासन डटकमका लागि भावना हमालले गरेको कुराकानीमा आधारित)