२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’

अ+ अ-

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले कृत्रिम अभ्यास समुदायका लागि विपद् प्रतिकार्यको उपयोगी सन्देश हुने बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय बांगेसिमल सुर्खेतद्वारा आज भेरीगंगा नगरपालिका-११ रामघाटस्थित शिखर माध्यमिक विद्यालयमा आयोजित तीन दिने ‘स्वयंसेवक उद्धारकर्ता विपद् प्रतिकार्य तालिम’को समापन कार्यक्रममा उनले अभ्यास कृत्रिम भए पनि यसले समुदायमा आइपर्ने समस्या सुल्झाउन आवश्यक पर्ने सीप सिकाएको उल्लेख गरे।

नेपाल बहुप्रकोपीय जोखिमयुक्त देश भएकाले कृत्रिम अभ्यास विपद् प्रतिकार्य गर्न समुदायका लागि लाभदायक हुने आचार्यले जनाए। “घरमा ग्यास आगलागी हुँदा कसरी सुरक्षित हुने, दुर्घटना हुँदा घाइतेको उद्धार, प्राथमिकता, उपचार गर्ने विधि र स्थानीय साधन स्रोतको उपयोगबारे विद्यार्थीले यो तीनभित्र सिकेका छन्”, उनले भने “यसलाई व्यवहारिक जीवनमा संवेदनशील रूपले कसरी प्रयोग गर्ने भन्नेबारे दीक्षित भाइबहिनीहरूले समुदायलाई सिकाउनु पर्दछ ।”

महेश्वरी बाहिनी मुख्यालयका निमित्त बाहिनीपति प्रकाश थापाले विपद् पूर्व, विपद्को समय र विपद् पश्चात् गरिने क्रियाकलापको योजनाबद्ध खाकाका बारेमा कृत्रिम विपद् व्यवस्थापन योजना भनाएर अभ्यास गराइएको बताए। “विपद् व्यवस्थापन प्रतिकार्य राज्यको दायित्व हो । यसमा आपसी समन्वय र सहकार्य आवश्यक पर्दछ । हरेक व्यक्ति, समाज र समुदायको भूमिका पनि महत्त्वपूर्ण हुन्छ”, उनले भने।

विपद् व्यवस्थापन प्रतिकार्यलाई प्रभाकारी बनाउन समुदायको संलग्नता महत्त्वपूर्ण हुने बताउँदै निमित्त बाहिनीपति थापाले भने “विपद्मा प्रभावित हुने भनेको समुदाय हो । समुदाय आफ्नो क्षेत्रको जोखिमबारे बढी जानकार हुनुका साथै प्रभावित व्यक्ति र समुदायमा को–को हुन्छन् भन्ने जानकारी लिनु जरुरी हुन्छ ।” सुरक्षाकर्मी पुग्नुभन्दा अगाडि स्थानीय घटनास्थलमा हुने भएकाले यो तालिम समुदायका लागि लाभदायी हुने थापाको भनाइ छ ।

विद्यालय रामघाटका प्रधानाध्यापक जनक सिंहले कृत्रिम अभ्यासले मानव जीवनमा आइपर्ने विपद् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने बताए। उनका अनुसार तालिमबाट ८० विद्यार्थी दीक्षित भएका छन् । आजको समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३२ गण हेडक्वाटर रक्तकाली सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का र राष्ट्रिय अनुसन्धान सुर्खेतका प्रमुख प्रकाश शाहलगायत व्यक्तिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस