२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री चौधरीद्वारा छाला उद्योगको अनुगमन, उद्योग बन्द गर्न प्रशासनको निर्देशन

अ+ अ-

सुनसरी । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य भगवती चौधरीले सुनसरी जिल्ला दुहबी-६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गरेकी छिन् ।

एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् चौधरीको नेतृत्व तथा दुहबी प्रहरीको रोहबरमा, स्थानीय सञ्चारकर्मी, स्थानीय बासीहरू सहितको टोलीद्वारा निरीक्षण तथा अनुगमन गरिएको हो । स्थानीयको गुनासो आएपछि अनुगमन आधिकारिक पत्र लिएर निरीक्षण गर्न जाँदा समेत उद्योगको गेटमै रोक्न उद्योग प्रशासनले हर सम्भव प्रयास गरेको र दुहबीबाट खटिएको प्रहरीले हस्तक्षेप गरेको पूर्वमन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

अनुगमनको क्रममा युनाइटेड टनेरिजले उद्योगसम्बन्धी कागजात देखाएको भएपनि एसियन लेदरले कागजात घरमा रहेको भन्दै मगाउन समय लागेको भनेर उपलब्ध नगराइको पूर्वमन्त्री चौधरीले बताइन् । अनुगमनका क्रममा युनाइटेड टनेरिजलाई जिल्ला प्रशासन कार्यालयले तत्काललाई उद्योग बन्द गर्न निर्देशन दिँदै गत असोज ६ गते पत्र पठाएको भएपनि उद्योग भित्रभित्रै चलिरहेको पाइएको उनले बताइन् ।

अनुगमनका क्रममा उद्योगबाट निस्किएको फोहोर पानी बुढी खोलामा मिसाएको भेटिएको थियो । उद्योग सञ्चालन सम्बन्धी मापदण्डमा बस्तीबाट ५ किमी टाढा हुनुपर्ने व्यवस्था भएपनि उक्त छाला उद्योग बस्तीको बिचैमा रहेको पाइएको अनुगमनपछि पूर्वमन्त्री चौधरीले जानकारी दिइन् । उनले भनिन्, ‘स्थानीयको माग बस्तीमा दुर्गन्ध फैलिनुभएन, फोहोर खोलामा हाल्न पाइँदैन । दुर्गन्ध कन्ट्रोल हुँदैन भने उद्योग स्थानान्तरण गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस