१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना सक्रिय, उद्धार कार्यमा तिव्रता

अ+ अ-

काठमाडौँ । देशभर भइरहेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ। विपद् प्रभावित क्षेत्रहरूमा उद्धार र राहतका लागि नेपाली सेना सक्रिय रूपमा परिचालित भएको छ। सेनाले हालसम्म देशका आधा दर्जनभन्दा बढी स्थानमा उद्धार कार्य सञ्चालन गरिरहेको छ।

नेपाली सेनाका अनुसार हालसम्म निम्न स्थानहरूमा उद्धार कार्यका लागि सेना परिचालन गरिएको छस् घनकुटा जिल्लाको पाख्रिबास नगरपालिका–५ मा पहिरोले घर पुरिएपछि सेनाको टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। त्यस्तै, धनकुटा नगरपालिका–४, त्रीशुलामा पनि पहिरोका कारण घर भासिएपछि सेना उद्धार कार्यमा जुटेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित समेन्द्र सेतु मावि बाढीको चपेटामा परेपछि पाँच जना व्यक्ति विद्यालयभित्रै फसेका थिए। सेनाको टोलीले तिनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। ललितपुर उपमहानगरपालिका–२, नख्खु इलाकामा समेत डुबानको समस्या देखिएपछि सेना परिचालित भएको छ। गोदावरी नगरपालिका–६, टिकाभैरवस्थित लेप्रोसी अस्पतालमा पहिरोले गर्दा तीन जना पुरिएका थिए, जसलाई सेनाले सकुशल उद्धार गरेको छ। सानेपामा पनि डुबानका कारण घरहरू जोखिममा परेपछि सेना उद्धार कार्यमा जुटेको छ।

काठमाडौँको त्रिपुरेश्वर र थापाथली क्षेत्रमा डुबानपछि प्रभावित नागरिकको उद्धारमा सेनाको टोली परिचालित भएको छ। त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पाँचथरको फिदिम नगरपालिका–४ मा स्थानीयको घर पुरिएको घटनामा सेनाले उद्धार कार्य सञ्चालन गर्दै प्रभावितलाई सुरक्षित स्थानमा पुर्‍याएको छ। पाल्पाको तानसेन नगरपालिका–३ मा पहिरोले घर पुरिएपछि सेनाले तत्काल उद्धार कार्य सञ्चालन गरेको छ। सेना प्रभावित क्षेत्रको अनुगमन गर्दै थप राहत कार्यमा जुटिरहेको छ।

चितवनको राप्ती नगरपालिका–६, बेलौरा र प्युठान नगरपालिका–७, ढिकुरेमा डुबान र पहिरोले सडक अवरुद्ध भएपछि सेना परिचालित भएको छ। सेनाको टोलीले अवरोध हटाउँदै स्थानीयलाई सुरक्षित स्थानमा सारिरहेको छ। त्यसैगरी, चितवनको चकचके सडक खण्डमा पहिरोले सडक अवरुद्ध भएको स्थानमा अवरोध हटाउन सेनाको टोली सक्रिय छ।

नेपाली सेनाले विपद् व्यवस्थापन र उद्धार कार्यलाई प्रभावकारी बनाउन देशभरका जोखिमयुक्त क्षेत्रहरूमा आफ्नो उपस्थिति सशक्त बनाएको छ। सेनाले विपद् प्रभावित क्षेत्रका नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ। जनताको सुरक्षाका लागि सेना २४ सै घण्टा तत्पर रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस