२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक

अ+ अ-

पर्सा । जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गरी प्रशासन कार्यालयबाट बिक्री तथा प्रयोग गर्ने अनुमति लिएर मात्र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको बिक्री तथा प्रयोग गर्न अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७९ को दफा ४ (ख) बमोजिम बिक्री वितरणका लागि प्रशासनबाट अनुमति लिएर मात्रै काम गर्न अनुरोध गरेका छन् ।

“ऐनको दफा ११ ९४० बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धान केन्द्र, शैक्षिक संस्था, कार्यशाला, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले प्रयोग अनुमति लिई मात्र प्रयोग गर्नुपर्ने व्यवस्थाबमोजिम यस कार्यालयबाट बिक्री र प्रयोग अनुमति लिई कारोबार गर्नु/गराउनु हुन अनुरोध गरिन्छ,” जारी सूचनामा भनिएको छ, “ऐनको बर्खिलाप हुने गरी बिना अनुमति बिक्री वितरण गरेमा, प्रयोग गरेमा, प्रयोग अनुमतिको म्याद नाघेका फर्म, कम्पनी, व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिनेछ ।” 

प्रतिक्रिया दिनुहोस