काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
काठमाडौँबाट पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौँबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्व सञ्चालक मध्ये एक हुन् ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।