पहिरोले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पहिरोले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध


२८ भाद्र २०८१, शुक्रबार


डडेल्धुरा ।  बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्ण रूपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ । गए रातिदेखि हुरीबतास र वर्षाले डडेल्धुरामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस