काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।
राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका हुन्। उनले ‘अंश र सम्बन्ध विच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरले जनाएको छ ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन्। उनकी श्रीमती रानी भारतीय नागरिक हुन्। उनी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको, लगायतका विषयहरू उल्लेख गरेका छन्। उनीहरूका दुई छोरी र एक छोरा छन्। छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन्।