काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई सिंहदरवार बोलाएका छन् ।
मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्य योजना मागेका प्रधानमन्त्री ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्नेको लागि बिहीबार (आज)मन्त्रीहरूलाई सिंहदरवार बोलाएका हुन् ।
प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार त्यसका लागि दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदरवारमा बोलाएको बताइएको छ । मन्त्रीहरूले कार्य योजना पेस गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।