मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई


२७ भाद्र २०८१, बिहिबार


काठमाडौँ । उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन्।

बुधवार साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन्। मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराएकी थिइन्।

प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र इच्छा कार्की रहेका थिए भने कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार रहेका थिए।

प्रतियोगितामा अस्मिता शाह, डा.काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरीको सहभागिता रहेको थियो।

विजेताले आगामी अक्टोबर २५ ९कात्तिक ९० मा कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस