१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले माग्यो उपसभामुखको राजीनामा, मुलुकको शिर झुकाउने कार्य गरेको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।

बुधबार बिहान बसेको काँग्रेसका शीर्ष नेताहरूको बैठकले उपसभामुख इन्दिरा राना मगरले मुलुकको शिर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो ।

काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उनले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’

उपसभामुख राना मगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औँ सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।

२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भीर विवादमा परेकी छिन् ।

बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकपछि प्रमुख सचेतक घिमिरेले उपसभामुख राना मगरमाथि उठेको विषय सामान्य नभएको बताए । ‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ,’ घिमिरेले भने, ‘उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैँले लेख्नुभएको छ । सांसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’

उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ । काँग्रेसको शीर्ष तहको बैठकले उपसभामुखलाई हटाउनका लागि थप छलफल सत्ता गठबन्धनमा गर्ने निर्णय लिएको छ ।

सोही विषयमा छलफल गर्न काँग्रेसको संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए । ‘अरु कुराहरू त्यही छलफल हुन्छ । आज संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ,’ घिमिरेले भने । संसदीय दलको बैठक मिति भने तय भइ नसकेको घिमिरेले जानकारी दिए ।

सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा पनि उपसभामुख रानामगरको विषयले प्रवेश पाएको थियो ।

मंगलबार बसेको संसद बैठकमा प्रतिपक्ष र सत्ता पक्ष दलका सांसदहरु उपसभामुखको पक्ष-विपक्षमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस