डेडिकेटेड तथा ट्रंक लाइनको महसुल उठाउन माग गर्दै उच्च अदालतमा रिट दर्ता « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डेडिकेटेड तथा ट्रंक लाइनको महसुल उठाउन माग गर्दै उच्च अदालतमा रिट दर्ता


२५ भाद्र २०८१, मंगलबार


काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा सार्वजनिक सरोकारको रिट दर्ता भएको छ ।

मंगलबार अधिवक्ता यज्ञमणि न्यौपाने, कमलप्रसाद पोखरेल, टिकाप्रसाद ढकाल र दीपक अधिकारीले उच्च अदालतमा रिट दर्ता गरेका हुन् । संसद्को सार्वजनिक लेखा समितिमा छलफल हुन थालेपछि रोकिएको यो विवाद अब अदालत प्रवेश गरेको छ ।

रिटमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योग व्यवसायी, संस्था तथा व्यक्तिबाट ट्रंक लाइन र डेडिकेटेड फिडर प्रयोग गरे बापतको कानुन बमोजिम बुझाउनु पर्ने हालसम्मको नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम नबुझाउने गरी मन्त्रीपरिषद् लगायतका अन्यबाट भएका गैरकानुनी निर्णय, आदेश, पत्र, पुर्जीलगायत जो-जे छन् सबै बदर हुनुपर्ने माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस