२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोसीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग

अ+ अ-

खोटाङ । खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न स्थानीय जनप्रतिधिले माग गरेका हुन् ।  यसका लागि मन्त्रालय सकारात्मक रहेको जनाइएको छ । 

लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा बङ्लिाघाटमा बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् । अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिबीच हालै छलफल भएको छ । 

जनप्रतिनिधिबीच भएको भेलाले बेलिब्रिज जडानका लागि तत्काल आवश्यक समान बङ्सिलाघाट ल्याउन मन्त्रालयसँग अनुमति माग गर्ने निर्णय गरिएको छ । यसअघि खोटाङबाट पूर्वीसहर जोड्ने सुनकोशी नदीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिजका सामान बङ्सिलाघाटमा राख्ने तयारी सुरु गरिएको जनाइएको छ । 

दुई जिल्लाका जनप्रतिनिधिबीचको छलफलमा चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख करुणा राई, बराहपोखरी गाउँपालिकाका उपप्रमुख भुवल राई तथा तीनै पालिकाका वडाध्यक्ष, विभिन्न राजनीतिक पार्टीका नेता, स्थानीय सहभागी भएका थिए । 

बङ्सिलाघाटमा २०७५ सालमा रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको दुई सय ३५ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा छ । वारिपारि दुवैतर्फ कच्ची सडक निर्माण गरेर सञ्चालन गरिएको बङ्सिलाघाटमा भ्याटसहित रु १९ करोड १८ लाख ४१ हजार चार सय लागतमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल अलपत्र अवस्थामा छ । 

बङ्सिलाघाटमा निर्माण गरिने पक्की पुलका लागि निर्माण कम्पनीले २०७९ साल मङ्सिर १ गते सडक विभागसँग निर्माणको सम्झौता गरेको थियो । यद्यपि, ३३ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको मोटरेबल पक्की पुलको काम अहिलेसम्म करिब २५ प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ । 

तत्कालीन परराष्ट्रमन्त्री डा.नारायण खड्काले २०७९ साल पुस १ गते शिलान्यास गरेको पुल निर्माणको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बङ्सिलाघाटमा निर्माणाधीन मोटरेबल पुलमा ठेकेदारको ढिलासुस्तीले समस्या भएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए ।

  पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । मोटरेबल पक्की पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेपछि मुख्य ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस