काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नदी किनारका बस्ती हटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न आफूहरूले सरकारलाई दबाब बढाइरहेको बताएका छन् ।
यसबारे उत्पन्न परिस्थितिबारे आयोजित अन्तरक्रियामा बोल्दै सबैतिरबाट आफूहरूले अदालतको निर्णयविरुद्ध दबाब बढाइरहेको बताए । उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ, सबै उस्तै नभन्नुस् है पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीले केही गर्न सक्दैन । कराउन चाहिँ सक्छ । गर्ने काम चाहिँ भनेको मुख्य मान्छेले नै हो ।
जस्तो बंगलादेशमा मुख्य मान्छे को शेख हसिना, अरु त होइनन् नि ? शेख हसिना र त्यो पार्टीसँग नै जनताको गुनासो रह्यो । त्यसैले अदालतको निर्णयलाई सरकारले पुनरावलोकनको लागि जान सक्छ । न्यायपालिकालाई कानून व्यवसायी र पीडितले पनि आफ्नो कुरा राख्नुपर्छ ।’ उनले न्यायपालिकाले जनतालाई न्याय दिने विश्वास व्यक्त गरे ।