विकास निर्माणका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण  « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विकास निर्माणका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण 


२३ भाद्र २०८१, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्वर्) जिल्ला कमिटीले जिल्लाको विकास निर्माण र भौतिक पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सो जिल्लाका केन्द्रीय  सदस्य, पार्टीबाट गण्डकी प्रदेश सरकारमा रहेका मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितको प्रतिनिधिले सो ध्यानाकर्षण गराएको हो । 

मागपत्रमा जिल्लाको नामकरण नवलपुर राखिनुपर्ने, धौवाधी फलाम खानीको उत्खनन कार्य निरन्तर हुनुपर्ने, त्रिवेणी–दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमुना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार सञ्चालन हुनुपर्ने लगायत छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो तर्फबाट लाग्न आव्हान गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस