काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवसको अवसरमा विभिन्न ४० जना उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गरिएको छ ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको हो । कार्यक्रममा अघिल्लो वर्ष र यो वर्षका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई सम्मान गरेका हुन् ।