११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्र ढकालले भने-निजामती कर्मचारीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजामती कर्मचारीहरूले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार २१ औँ निजामती दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै उनले विगतको भन्दा पछिल्लो समय निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भए पनि पर्याप्त नभएको बताए ।

उनले वर्तमान कर्मचारी प्रशासकहरूले सबैभन्दा पहिला निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी रहेको बताए । उनले निजी क्षेत्र नाफामुखी मात्रै हुन्छ, नाफाको लागि काम गर्छ भन्ने सोच परम्परागत भएको उल्लेख गरे ।

उनले निजी क्षेत्रको भूमिकालाई विश्वका अन्य देशमा ठूलो सम्मान गर्ने गरेको बताए । उनले नेपालमा त्यो खालको सम्मान नपाउने बताए । उनले संघीयता आएसँगै तीन तहका सरकारले बनाएका कानूनमा दोहोरोपन रहेको बताए । उनले संघीयता लागू भएसँगै पुँजीगत खर्चमा वृद्धि हुन सकेको बताए । पुँजीगत खर्च वृद्धिको लागि कर्मचारी प्रशासनले बढी प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

‘कर्मचारी प्रशासनले सबैभन्दा पहिला निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ । निजी क्षेत्र नाफामुखी मात्रै हुन्छ नाफाको लागि काम गर्छ भन्ने सोच परम्परागत हो । तर अहिले धेरै परिवर्तन भएको छ । पर्याप्त छैन । निजी क्षेत्रको भूमिका भनेको कर तिर्ने भनिन्छ । विश्वका अन्य देशमा करदातालाई ठूलो सम्मान हुन्छ’, उनले भने, ‘तर नेपालमा त्यो खालको सम्मान पाइँदैन । संघीयतासँगै तीन तहका सरकारले बनाएका कानूनमा दोहोरोपन छ । तीनको सरकार बनेपछि जसरी पुँजीगत खर्चमा हुने वृद्धि हुन सकेको छैन । साधारण खर्च मात्रै बढेको छ । कर्मचारी प्रशासनले बढी प्राथमिकता दिनुपर्छ । तर स्थानीय तहमा भने बढी गरेको छ ।’

उनले प्रशासकीय संघीयता बिना संघीयता अधुरो हुने विषयमा सहमत रहेको बताए । उनले संघीयतालाई जीवन्त बनाउन प्रशासकीय पक्ष महत्त्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस