२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीटीइभीटीद्वारा उपाध्यक्षमा आवेदन माग

अ+ अ-

काठमाडौँ । सिफारिस समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को उपाध्यक्षमा आवेदन माग गरेको छ ।

खगेन्द्र अधिकारीको साउनमा कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनयन सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट छनोटका लागि आवेदन माग गरेको हो ।

राजनीतिक दलको सदस्य नभएको र सीटीईभीटीबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक समितिमा नरहेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।

योग्यता पुगेका उम्मेदवारले आवेदनसँगै २६ भदौभित्र सीटीइभीटीको बारेमा ५ हजार शब्दमा कार्य योजनासहितको सोचपत्र पेस गर्नुपर्नेछ ।

स्नातकोत्तर गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको, ४० वर्ष पूरा भई ६० वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

साथै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा विद्यावारिधिको उपाधि हासिल गरेको, सरकारी क्षेत्र, विश्वविद्यालय परिषद् वा सार्वजनिक क्षेत्र, प्रतिष्ठान वा अन्य कुनै क्षेत्रमा व्यवस्थापकीय पदको जिम्मेवारीमा रहेको, सार्वजनिक पदमा मनोनयनको लागि अयोग्य नभएको, परिषद्सँग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने जनाएको छ ।

त्यस्तै सहसचिव वा सो सरह, त्यो भन्दा माथिल्लो पद, सीटीइभीटीको उपाध्यक्ष, सदस्य सचिव, निर्देशकले पनि उम्मेदवारी दिन सक्नेछन् ।

कम्तीमा ११ औ तह, औद्योगिक क्षेत्रको प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिको अध्यक्ष सदस्य पदको अनुभव हासिल गरेको व्यक्ति पनि सीटीइभीटीको उपाध्यक्षका लागि आवेदन दिन सक्नेछन् ।

समितिले उपाध्यक्ष पदका लागि शैक्षिक योग्यता, अनुभव, कार्य योजना सहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्बन्धी अंक विभाजनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस