शरद ऋतुमा हिमाल आरोहण अनुमति दिन सुरु « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शरद ऋतुमा हिमाल आरोहण अनुमति दिन सुरु


१७ भाद्र २०८१, सोमबार


काठमाडौँ । सरकारले शरद ऋतुमा हिमाल आरोहण गर्नेहरूका लागि अनुमति दिन सुरु गरेको छ । पर्यटन विभागका अनुसार यस सिजनका लागि अहिलेसम्म १२ टोलीका लागि १३२ जनाले परमिट पाइसकेका छन् ।

सबैभन्दा धेरै मनास्लु हिमाल (८,१६३ मिटर) मा १० टोलीका १२० जनाले आरोहण अनुमति पाएको विभागको तथ्यांक छ । पुथा हिउँचुली (७,२४६ मिटर) मा १ टोलीका ७ जना र अन्नपूर्ण चौथो (७५२५ मिटर) मा १ टोलीका ५ जनाले आरोहण अनुमति लिएको समेत विभागले जनाएको छ ।

विभागका अनुसार यो सिजनका लागि १ करोड ३० लाख ९६ हजार २६४ रुपैयाँ रोयल्टी उठेको छ । यस सिजनमा अमेरिकाका २०, जापानका १७, बेलायतका १५, चीनका १३ जनाले आरोहण अनुमति लिएका छन् । नेपालका एक जनाले मात्र अनुमति लिएको विभागले जनाएको छ । यो सिजनमा सगरमाथा बाहेकका हिमालमा आरोहण बढी हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस