२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनैपनि विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन : शिक्षामन्त्री भट्टराई

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयहरूको सन्दर्भमा जवाफ दिँदै मन्त्री भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताइन् ।

उनले प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नभएको दाबी गरिन् । उनले आफूले प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि नगुहारेको समेत बताइन् । मन्त्री भट्टराईले विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरूले संयुक्त रूपमा गरिरहेको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीबाट विश्वविद्यालयहरूको कुलपतिको हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनैपनि हस्तक्षेप गरिएको छैन । मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि गुहारेको छैन । विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिने काम हामी संयुक्त रूपमा गर्ने गरिएको छ। विश्वविद्यालयका व्यवस्थापकीय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप गरेको छैन । तर म अहिले पनि भन्न चाहन्छु, हामीले राजनीतिक प्रतिबद्धता र कानूनी शासनलाई विश्वविद्यालयभित्र नस्विकार्ने हो भने विश्वविद्यालयहरू हस्तक्षेपकारी अवस्थामा पुग्छन् । दबाबमा पुग्छन् ।’

मन्त्री भट्टराईले उच्च शिक्षा पढ्न विदेश जाने लहर बढिरहेको भन्दै देशमा सबैखाले श्रमिकको सम्मान नहुनु पनि त्यसको कारण भएको बताइन् ।

उनले भनिन्, ‘उच्च शिक्षा पढ्न विदेश जाने लहर बढ्दो छ । शिक्षामा प्रणालीगत सुधार हुन नसक्नु, विद्यार्थीहरूले पढ्दै कमाउने अवसर हामीले दिन नसक्नु जस्ता कारणले बिदेसिने क्रम बढ्दो छ। त्यस्तै, देशमा सबैखाले श्रमको सम्मान नहुनु पनि यसको कारण हो । युवाहरूमा सजिलो रोजगारीको आकांक्षा बढिरहेको छ । सजिलो रोजगारी पाउने अवस्था अझै हामीले सिर्जना गर्न सकेका छैनौँ । यस्ता विषयलाई राजनीतिक नारामात्रै नबनाई राजनीतिक प्रणालीले नै सम्बोधन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस