२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाभग्राहीले सरल, सहज र चाँडो लाभ प्राप्त गर्ने स्थिति बनाउने गृह मन्त्रीको दाबी 

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले लाभग्राहीले सरल, सहज र चाँडो लाभ प्राप्त गर्ने स्थिति बनाइएको बताएका छन् । आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले प्रस्तुत गरेको कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रतिवेदनमा १५ वटा बुँदामा सुझाव दिइएको र सुझावहरू ग्रहणयोग्य रहेको बताए । 

उनले राहत वितरण कार्यविधिमा समस्या रहेको र ती समस्याका कारण सेवाग्राहीहरूले ठिक समयमा सेवा प्राप्त गर्न नसकेको उल्लेख गरे । 

गृह मन्त्री लेखकले एकद्वार नीति बनाउनुपर्ने र संघबाट सोझै लाभग्राही कहाँ राहत वा स्थायी भवन निर्माणको रकम उपलब्ध हुने व्यवस्था बनाउनुपर्ने सुझाव आएको बताए । सबै तहका सरकारले आफ्नो ठाउँमा काम गर्ने स्थितिको निर्माण गर्दै सबैले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘प्रतिवेदनमा १५ वटा बुँदामा सुझाव दिइएको छ । जुन ग्रहणयोग्य छन् । कार्यविधिमा समस्या छ । जटिलताहरू छन् । जटिल प्रावधानहरू राखिएको हुनाले सेवाग्राहीहरूले ठिक समयमा सेवा प्राप्त गर्न सकेका छैनन् । पीडितहरू गोलचक्करमा घुमिरहेको अवस्था छ । एकद्वार नीति बनाउनु पर्छ । यसमा संघबाट सोझै लाभग्राही कहाँ राहत वा स्थायी भवन निर्माण गर्नुपर्छ ।’

गृह मन्त्री लेखकले भूकम्पपीडितहरूको चुस्त, दुरुस्त विवरण संकलन गरी सोको आधारमा राहत एवं अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराइएको बताए । उनले भूकम्पबाट रुकुम पश्चिममा क्षति भई पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही परिवारको ३२ हजार ९ सय ९६ रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस