२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि

अ+ अ-

चितवन । जिल्लामा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि भएको हो ।

कार्यालयका अधिकृत भीम भट्टका अनुसार गत आर्थिक वर्षमा ६६ हजार चार सय ७५ वटा पशु चौपायामा कृत्रिम गर्भाधान गराइएको छ । जसमा ५९ हजार नौ सय ३२ गाई, छ हजार दुई सय ८१ भैँसी, दुई सय ६२ बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ । अघिल्लो आव २०७९र८० मा ६१ हजार आठ सय ९५ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो ।  सो आवमा ५६ हजार पाँच सय ९४ गाई, पाँच हजार एक सय ६९ भैँसी र एक सय ३२ बाख्रामा कृत्रिम गर्भाधान गराइएको थियो ।

उनका अनुसार जिल्लामा पशुपालक किसानको सङ्ख्यामा वृद्धि भएपछि कृत्रिम गर्भाधानको सङ्ख्या पनि वृद्धि भएको हो । किसानले राँगो र साँढे पाल्ने प्रचलन घट्दै जाँदा कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्या बढेको हो । भट्टले भने, “जिल्लामा भैँसीमा कृत्रिम गर्भाधान गराउनेको सङ्ख्या उलेख्य रूपमा बढ्न सकेको छैन ।” भैँसीले गर्भाधान गर्ने समय किसानलाई थाहा नहुने भएकाले भैँसीको कृत्रिम गर्भाधान कम हुने गरेको उनको भनाइ छ । 

गाई, भैँसीले गर्भाधानका लागि गोरु, राँगा खोजेको समयमा १२ घण्टा देखि १८ घण्टाभित्र गर्भाधान गराउनुपर्ने हुन्छ । सो समयमा भैँसीलाई गर्भाधान गराउन कठिन हुने हुँदा अहिले पनि किसानले राँगो लगाउने गरेको भट्टले बताए। उनले भने, “भैँसी चरनका लागि लैजाने क्रममा राँगो लाग्ने हुँदा पनि भैँसीको सङ्ख्यामा कमी आएको हो ।” जिल्लामा हाल ९२ हजार दुई सय ५६ गाई, ७२ हजार दुई सय भैँसी र तीन लाख बाख्रा पालिएको पशु कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।