काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७४९ स्थानीय तहमा गरेको मुल्यांकनमध्ये गाउँपालिकातर्फ धादिङको बेनिघाट रोराङ गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
त्यस्तै बराबरी अंक ल्याएर गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।
उनीहरूलाई मन्त्रालयले प्रसंशापत्र प्रदान गरेको छ । रोराङले ८७.२५ अंक र इन्द्रावाती र रुरुको ८७ समान अंक छ । नतिजाअनुसार नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको छ ।