१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीको मन्त्रालयगत बेरुजुबारे संसदीय समितिद्वारा छानबिन सुरु

अ+ अ-

काठमाडौँ। कोशी प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेश सरकार अन्तरगत रहेका बेरुजुका विषयमा छानबिन थालेको छ । समितिले महालेखा प्रतिवेदनले औँल्याएका बेरुजुबारे छानबिन सुरु गरेको हो ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, खानेपानी मन्त्रालयको बेरुजुबारेमा छानबिन सुरु गरिएको छ । समितिले महालेखा नियन्त्रकको कार्यालयसँग पनि बेरुजु निस्किनुको कारणबारे छलफल गरेको थियो । उक्त छलफलपछि बेरुजुबारे छानबिन थालिएको कोशी प्रदेश सभा सचिवालयले जनाएको छ ।

लेखा समितिले पहिलो चरणमा धूलो दूध उत्पादन गर्ने कारखानाको विषयमा औँल्याएको बेरुजुको विषयमा छानबिन सुरु गरेको छ । प्रदेश सरकारले सुनसरीमा रहेको विशिष्टकृत सहकारीलाई धूलो दूध उत्पादनका लागि अनुदान उपलब्ध गराएको थियो । सो अनुदानका विषयमा महालेखाले प्रश्न उठाएको छ ।

महालेखाको पाँचौँ प्रतिवेदनमा भुक्तानी दिँदा सम्झौता विपरीत रकम भुक्तानी भएकोले रकम भुक्तानी गर्ने पदाधिकारीलाई जिम्मेवार बनाई सम्झौता विपरीत भुक्तानी भएको ८७ लाख ९३ हजार असुल गर्नुपर्ने उल्लेख छ ।

सोही विषयमा समितिले छानबिन थालेको समितिले जनाएको छ ।

कृषि मन्त्रालयको धूलो दूध उत्पादन गर्ने कारखानालाई दिइने अनुदानको रकम असुल गर्न या अन्यथा प्रमाण लिएर आउन सार्वजनिक लेखा समितिले भनेको छ ।

समितिले कृषि मन्त्रालय तर्फकै प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम अन्तरगतको ८ लाख ४ हजार काम भन्दा बढी भुक्तानी भएको रकम असुल गर्ने बारेमा पनि छानबिन थालेको सार्वजनिक लेखा समितिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस