२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान पुर्‍याउनु पर्छ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको मोडलमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।

पूर्वाधार विकास र आर्थिक विकासले मात्र जनता सन्तुष्ट नहुन सक्ने बताउँदै महासचिव पोखरेलले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताएका हुन् । आज एमाले सामाजिक सेवा विभागको दसौँ बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै महासचिव पोखरेलले आर्थिक विकासबाट मात्र मानिस सन्तुष्ट हुन सकेन भन्ने कुराको दृष्टान्त बङ्गलादेशको घटना भएको बताए ।

पोखरेलले भने, ‘समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्ने रहेछ । बङ्गलादेश दक्षिण एसियामै नमूना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावना बमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ ।’

महासचिव पोखरेलले सामान्य अवस्थामा एक आपसका प्रतिस्पर्धी दुई ठुला दल एमाले र काँग्रेस मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि सहमतिमा सरकार गठन गर्ने अवस्थामा पुगेको बताए । वर्तमान सरकारले जनतामा पैदा भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्ने उनले स्पष्ट पारे ।

परिवर्तनलाई सुरक्षित गर्दै र समावेशिता कायम राख्दै स्थायित्वको आधार खोज्नुपर्ने हुँदा त्यसका लागि सुझाव दिन विभागलाई उनको आग्रह छ । समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई उनको सुझाव छ ।

एमाले उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यको उपस्थितिमा भएको बैठकमा निवर्तमान विभाग प्रमुख झपट बोहोराको बिदाइ र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हालेकी कल्पना चापागाईँलाई माइन्युट हस्तान्तरण गरिएको थियो ।