हेटौँडामा विशेष नगर सभा बोलाउन बहुमत सदस्यको माग « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हेटौँडामा विशेष नगर सभा बोलाउन बहुमत सदस्यको माग


३० श्रावण २०८१, बुधबार


काठमाडौँ । कर वृद्धिको विषयलाई लिएर हेटौँडा उपमहानगरपालिकाको बहुमत नगर सभा सदस्यले विशेष नगर सभा बोलाउन माग गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित ९ जना वडा अध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ३१ जना नगर सभा सदस्य गरी ४८ जना (बहुमत) नगर सभा सदस्यले नगर प्रमुख मीनाकुमारी लामासँग विशेष नगर सभा बोलाउन बुधबार माग गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाका कुल ९४ जना नगर सभा सदस्यमध्ये एमालेकै ५४ जना छन् । जसमध्ये ४८ जनाले विशेष नगर सभा बोलाउने सम्बन्धीको माग पत्रमा हस्ताक्षर गरेका छन् ।

नगर प्रमुख लामा भने काठमाडौँमा छिन् । एमालेका नगर सभा सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतममार्फत लामा समक्ष विशेष नगर सभा बोलाउन माग गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस