थाइल्याण्डमा सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री बर्खास्त « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

थाइल्याण्डमा सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री बर्खास्त


३० श्रावण २०८१, बुधबार


काठमाडौँ । थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो ।

पिचित चुइनवान अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए । योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् । प्रधानमन्त्री मात्रै नभएर सबै मन्त्रीहरूको पद गएको तर अर्को सरकार बन्नु अगाडिसम्म कामचलाउ बन्न पाउने फैसला सर्वोच्च अदालतले बुधबार गरेको छ ।

पदमुक्त भएका प्रधानमन्त्री स्रेता थाभिसिनले आफूलाई अदालतको फैसला चित्त नबुझे पनि मान्नुको विकल्प नभएको पत्रकारसँग प्रतिक्रिया दिएका छन् । थाइल्याण्डमा प्रधानमन्त्रीको बर्खास्तीसँगै सेयर बजार ओरालो लागेको छ । ५.१० विन्दुको मंगलबारको सेयर बजार अदालतको फैसला पछि १७ विन्दुले झरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस