इन्जिनियरसहित सिँचाइ आयोजनाका अध्यक्ष, उपाध्यक्ष र सचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर  « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

इन्जिनियरसहित सिँचाइ आयोजनाका अध्यक्ष, उपाध्यक्ष र सचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर 


२७ श्रावण २०८१, आइतबार


काठमाडौँ । विशेष अदालतले मुगुको सोरु गाउँपालिका-५ स्थित नेर सिँचाइ आयोजनामा भ्रष्टाचार भएको ठहर गरेको छ । 

विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख ६१ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनीहरूलाई दामासाहीमा एक लाख १२ हजार २९६ रुपैयाँ ३९ पैसा जरिवाना हुने फैसला गरेको छ ।

उपभोक्ता समितिका प्रतिनिधिले लागत अनुमानभन्दा कम काम गरी फिल्डमा नभएको कार्य पनि भएको भन्दै भुक्तानीका निम्ति झुटो बिल पेस गरेका थिए । 

यस्तै, आयोजनाका सबइन्जिनियर नरबहादुर लावडलाई झुटो नापी तयार पार्न सघाएको ठहरसहित एक लाख १२ हजार २९६ रुपैयाँ ३९ पैसा जरिवाना र थप ६ महिना कैद तथा थप १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस