तारागाउँ रिजेन्सी होटेलबाट प्रतिफल आउने गरी योजना बनाउन निर्देशन « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तारागाउँ रिजेन्सी होटेलबाट प्रतिफल आउने गरी योजना बनाउन निर्देशन


२७ श्रावण २०८१, आइतबार


काठमाडौँ । सांसदहरुले तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने धारणा राखेका छन् । 

सिंहदरवारमा आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनीहरूले नेपालको पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले स्थापित तारागाउँ विकास समितिको जग्गा प्रकरणमा निकै अघिदेखि नै अनियमितता भएको हुन सक्ने भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् । 

तारागाउँ रिजेन्सी होटेल लिमिटेडमा सरकारी स्वामित्वको तारागाउँ विकास समितिले लगानी गरे पनि प्रतिफल आउन नसकेको उनीहरूको भनाइ छ ।

बैठकमा समिति सदस्य पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले होटेल हायातले तारागाउँ विकास समितिको जग्गालाई एकलौटी बनाउन खोजेको र राज्यको शेयर २२ प्रतिशतबाट ९ प्रतिशतमा झारिएको बताए। उनले राज्यले लाभांश नपाउने अवस्थाको अध्ययन हुनुपर्ने बताए । यसमा सरकारको स्पष्ट दृष्टिकोण समेत आउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य नेमकिपा सांसद प्रेम सुवालले तारागाउँ विकास समितिले गरेको लगानीका बारेमा यसअघिका समेत सबै मन्त्री, प्रधानमन्त्रीहरूलाई जानकारी रहेको भन्दै सबैलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताए । उनले सरकारी सम्पत्ती निजी क्षेत्रलाई दिने काम गम्भीर रहेको उल्लेख गरे।

समिति सभापति राजकिशोर यादवले तारागाउँ र होटलबीच भएको लिग सम्झौताका विषयमा पर्यटन मन्त्रालयले कार्ययोजना बनाउने र त्यसआधारमा अर्को बैठकमा छलफल गर्ने बताए । तारागाउँ रिजेन्सी होटेल लिमिटेडमा सरकारले गरेको लगानी प्रतिफलमा बदल्न सक्ने गरी समाधानका योजनासहित आउन पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस