काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारलाई भारत र चीनले नरुचाएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले सो कुरा बताएको एक नेताले जानकारी दिए ।
बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक समीकरण आन्तरिक रूपमा नबनेको पनि बताए । उनले भने, ‘आन्तरिक रूपमा यो समीकरण बनेको होइन । छिमेकीको पनि हात छैन । तेस्रो देशको हात छ ।’
उनले यो सरकारले निकास दिन नसक्ने बताउँदै छिट्टै आन्दोलन हुने समेत बताए ।