२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपतिको चरणमा स्वर्गको महसुस भएको छ : आचार्य कृष्ण दमाई

अ+ अ-

काठमाडौँ । पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् ।

दमाईलाई समारोहमा भव्य स्वागत र सम्मान गरिएको थियो । सम्बोधनको सुरुवातमा उनले आफूलाई यो स्थानसम्म पुर्‍याउने गुरुहरूलाई धन्यवाद दिए । 

दलित समुदायमा जन्मेर पनि कसरी संस्कृत शिक्षामार्फत आकर्षित भए भन्ने उनले वर्णन गरे ।

‘मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरूप्रति आभार प्रकट गर्न चाहन्छु । एउटा सुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरूमा मलाई समावेश गराउने आदरणीय गुरुहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि त नेपाल राष्ट्रको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको छु । म विद्यालयमा पढ्दा सधैँ प्रथम हुन्थे । २०६४ सालमा एसएलसी उत्तीर्ण गरेँ । हरेक ठाउँबाट बधाई आयो । साइन्स, म्याथ पढ्ने इच्छा नभएको होइन, तर मेरो कर्म र मेरो भाग्यले यो क्षेत्रमा डोर्‍यायो, जसले गर्दा मेरो शरीर नरहे पनि म महान् गुरु ईश्वरदत्त भट्टलाई सधैँ सम्झिरहनेछु । ती गुरुले मलाई शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाउनुभयो । भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि छात्रवृत्ति पाएर सोचेको ठाउँमा पढ्न सक्छस् भनेर बाटो देखाउनुभयो । त्यो पवित्र ठाउँमा पुगेपछि गुरुहरूको आशीर्वादले माया र प्रेरणाले यहाँसम्म पुगेँ । गुरुहरूलाई पुनः शिर झुकाइ अर्पण गर्न चाहन्छु । कतिपय मानिसहरूले धरै कुरा भने । यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे । मलाई गुरुले धेरै कुरा भनेर जानुभएको छ । मैले धेरै भन्नुपर्ने अवस्था छन् । मैले कर्मकाण्डका लागि होइन, आफ्नो विद्वताका लागि, आफ्नो सनातनका लागि जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ । मैले आफ्नो माता र पिता गुमाइसकेको अवस्था हो । १२ मा पढ्दा माताको मृत्यु भएको थियो । साह्रै भतारिएको थिएँ । ८ वर्षपछि २०७८ सालमा बुवाले पनि देहत्याग गर्नुभयो । बुवाले भन्नुहुन्थ्यो( कृष्णबाबु तिमी एक दिन असल मान्छे बन्नू । म आज प्रत्येक शुभकार्यमा मातापिता र गुरुदेवलाई कोटीकोटी प्रणाम गर्छु । मैले प्रस्ट रूपमा गुरुजीलाई भनेको थिएँ । मलाई यहाँसम्म पुर्‍याउनुभयो, यसरी बिराजमान गराउनुभयो । पूर्वतयारी नगरेको अवस्था थियो । यसर्थ म आत्मप्रवचनको व्यवस्था गर्छु । दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन पढ्नुपर्ने रहेछ भन्ने आजको यस ऐतिहासिक कोटीहोमले गरेको हुनाले म श्री विजयकृष्ण मूर्तिज्यू महाराजलाई कृतज्ञता प्रकट गर्छु । यस्तो पवित्र स्थलमा पुग्छु र बोल्छु भन्ने कल्पनै थिएन । हामीमा धार्मिक रूपले विध्वंस मच्चाइ एक अर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ । अहिलेसम्म हिन्दु सनातनले सहँदै आएको छ । अब हामी हिन्दूत्वका लागि, सनातनका लागि एकबद्ध रहनुपर्छ । हिन्दु संस्कारलाई बचाउनु छ भने सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरुरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नु जरुरी छ । एकएक शब्द होइन, लाखौँ शब्दले पूर्व पश्चिम, उत्तरऔदक्षिण सबैतिर धर्मको दियो जलाउनु जरुरी छ । मेरा लागि यो ऐतिहासिक कोटीहोम स्वर्गमय बनेको छ ।’

प्रतिक्रिया दिनुहोस