काँग्रेसले भ्रष्टाचार सहँदैन, कुनै दलसँग दुष्मनी राख्दैन : पूर्णबहादुर खड्का (पुर्णपाठ) « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेसले भ्रष्टाचार सहँदैन, कुनै दलसँग दुष्मनी राख्दैन : पूर्णबहादुर खड्का (पुर्णपाठ)


२३ श्रावण २०८१, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गत महासमितिको बैठकबाट प्राप्त सुझावहरूसमेत समावेश गरी परिमार्जित नीति प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन् । बुधबारबाट सुरु बैठकमा उपसभापति खड्काले महासमिति बैठकको सुझावलाई समेटेर पेस गरेका हुन् ।

नेपाली काँग्रेस सम्मिलित वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कामहरू अघि बढाएको जिकिर गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘यो हाम्रा लागि सुखद र आशा लाग्दो संकेत हो तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नु पर्ने आवश्यकता छ । यसका प्रति नेपाली काँग्रेस आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछ ।’

देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको स्थापना गर्नु नेपाली काँग्रेसको प्रमुख नीति हुने जिकिर गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार निवारण ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली काँग्रेस मूल नीतिको रूपमा स्वीकार गर्दछ ।’

कुनै पनि व्यवस्था स्थापनासँगै स्वचालित तवरले विकास, उन्नति र रूपान्तरण भई हाल्छ भन्ने भ्रमबाट नेपाली काँग्रेस मुक्त छ । त्यसैले सामूहिकता, सुकर्म र आत्मअनुशासनलाई सुशासनको आधार मान्दै यसको जगमा उभिएर भ्रष्टाचार नियन्त्रण गर्ने नीति तथा कार्यक्रम तय गर्ने अभिभारा नेपाली काँग्रेसले पूरा गर्नेछ ।’

नेपाली काँग्रेस सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्ने उल्लेख गर्दै भनेका छन्, ‘अनेक दल हुन्छन् र पो लोकतन्त्र हुन्छ, अनि प्रतिस्पर्धा हुन्छ । आफू मात्र भएको कल्पना त घोर निरंकुशता हो । नेपाली काँग्रेसको कुनै पनि दलप्रति विशेष आग्रहसहित मित्रवत् र कुनै दलप्रति दुष्मनीको साइनो छैन । शान्तिपूर्ण, मैत्रीपूर्ण र लोकतन्त्रप्रति विश्वास भएका सबै राजनीतिक दल काँग्रेसका मित्र हुन् तर हत्या, हिंसा, लोकतन्त्र विरोधी गतिविधि भने नेपाली काँग्रेसलाई कुनै पनि हालतमा मान्य हुने छैन, सह्य हुने छैन ।’

लोकतन्त्रको उदारता प्रयोग गरेर लोकतन्त्रकै गला रेट्न उद्यत दल तथा समूहप्रति भने नेपाली काँग्रेस कहिल्यै उदार नसक्ने उल्लेख छ ।

उदारता र दलहरूप्रतिको सम्मान नेपाली काँग्रेसको सीमा हो तर दलीय पद्धतिप्रतिको विषवमन र उग्रता विरुद्ध भने नेपाली काँग्रेस दृढतापूर्वक चट्टान भएर उभिइरहने छ प्रतिवेदनमा उल्लेख छ ।

पुर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस