कार्यकर्ता खोज्ने र जनतामा जाने अवसर आयो, अब सत्ता खोज्दै हिँड्दैनौ : ‘प्रचण्ड’ « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कार्यकर्ता खोज्ने र जनतामा जाने अवसर आयो, अब सत्ता खोज्दै हिँड्दैनौ : ‘प्रचण्ड’


२३ श्रावण २०८१, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी सरकार खोज्दै नहिँड्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकारभन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिँड्ने बताएका हुन् । उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित रहने बताए ।

पार्टीभित्रका असन्तुष्टिहरूलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभई जुटतिर केन्द्रित हुने स्पष्ट पारे । उनले माओवादीबाट अलग भएकाहरू छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकताबद्ध हुन लागेको जानकारी दिए ।

‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफै मेची-काली अभियान सुरु गर्ने तयारीमा रहेको धारणा राखे । सरकारबाट बाहिरिएसँगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको उनले बताए । ‘प्रचण्डले आफू नेतृत्वले धेरै राम्रा काम गर्न खोजेकाले प्रतिक्रियावादीहरू डराएर सरकारबाट हटाएको टिप्पणी समेत गरे ।

त्यस्तै, उनले अहिलेको गठबन्धन डरमा आधारित, भ्रष्टाचारीलाई बचाउने र जनताप्रति प्रतिगमनको हतियार चलाउन उन्मुख रहेको आरोप लगाए । अहिले संविधान संशोधनको तयारी भइरहेको भन्दै उनले विभिन्न परिवर्तनबाट प्राप्त उपलब्धिलाई खोस्ने प्रयास गरे जनताले सफल हुन नदिने जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस