२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा विशेष अदालतको तीन वटा फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

अख्तियारले दायर गरेका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझाई मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

घिमिरेका अनुसार खडकबहादुर रोकायविरुद्ध झुट्टा बिल भरपाई बनाइ सरकारी रकम हिनामिना गरेको सम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ । रोकायाले सुर्खेतको साविक घुमखहरे गाविस वडा नम्बर ९ स्थित लामिताले सिँचाइ योजनाको लागि आर्थिक वर्ष २०६४/६५ देखि आर्थिक वर्ष २०६८/६९ सम्म जम्मा चार लाख ३८ हजार पाँच सय रुपियाँ बराबरको सरकारी रकम खर्च भएको र कार्य सम्पन्न प्रतिवेदन अनुसार सम्पन्न नभएको आयोगले जनाएको छ ।

यस्तै फत्तेबहादुर सोडारीविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धीको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ । सोडारीले एम।एड तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र कालिकेश्वरी उच्च माध्यामिक विद्यालयमा प्राचार्य ओहदामा रहनका लागि टीकापुर मल्टीपल क्याम्पसबाट अध्ययनको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, आयोगका अनुसार प्रकाशचन्द्र अधिकारी भन्ने प्रकाश अधिकारीविरुद्ध सरकारी छाप तथा दस्तखत किर्ते गरी सरकारी कागज हेरफेर गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ । यस मुद्दामा प्रतिवादी प्रकाश अधिकारी, नरोत्तम श्रेष्ठ, गोमा श्रेष्ठ, प्रदीप श्रेष्ठ, प्रेमलाल श्रेष्ठ समेतको मिलेमतोमा गैर कानुनी तरिकाले सरकारी कागज सच्याई हेरफेर गरी गलत लिखत तयार गरी नेपाल सरकारको सम्पत्ति हानी पुर्‍याउने बदनियतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र दफा १७ को कसुर गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस