२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी-स्याउले सडक हस्तान्तरण गरिँदै

अ+ अ-

गोदावरी (कैलाली) । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडक यही साउन मसान्तसम्ममा हस्तान्तरण गरिने भएको छ। धनगढी–स्याउले सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत १३ किलोमिटर चार सय मिटर (१३ दशमलव चार सय मिटर) सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै यही साउन मसान्तभित्र ठेकेदार कम्पनीले आयोजना कार्यालयलाई हस्तान्तरण गर्न लागेको हो।

ठेकेदार कम्पनीले सडक कालोपत्र गर्ने काम सम्पन्नपछि सो सडकखण्डमा ट्राफिक सङ्केतअन्तर्गत साइनबोर्ड, जेब्रा क्रसिङ, सडक बोर्ड मार्किङ राख्नेलगायत सबै काम मापदण्डअनुसार  सम्पन्न गरिसकेकाले साउनभित्रै आयोजना कार्यालयलाई हस्तान्तरण गर्न लागेको उनले बताए।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बजेट अभावका कारण सडक कालोपत्रको काम अघि बढ्न सकेको थिएन। सो सडक निर्माणका लागि गत आव २०८०/८१ मा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि सडक कालोपत्र गर्ने काम सुरु भएको थियो।

धनगढी–स्याउले–हाटखोलीसम्म १३ किलोमिटर चार सय मिटर (१३ दशमलव चार सय)मा कालोपत्रको काम गत असारमा सम्पन्न भइसकेको उनको भनाइ छ। धनगढी–स्याउले सडकखण्ड र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए।

धनगढी–स्याउले सडकखण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ सालमा पीपलचौताराबाट स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि (१३ दशमलव चार सय मिटर) मा कालोपत्र गर्न १६ करोड ४० लाखमा ठेक्का भएको थियो। आयोजना कार्यालयले दिएको जानकारीअनुसार चार खण्डमा सडक निर्माणको काम हुँदै गरेकामा धनगढी–स्याउले सडकखण्डमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ भने बाँकी सडकखण्डमा काम हुँदैछ।

डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रको काम पनि धमाधम भइरहेको आयोजना कार्यालयले जनाएको छ। दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गरिरहेको छ। विसं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन।

विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो। त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले ९धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटर कायम गरिएको थियो। 

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणकार्यले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ। सो सडक धनगढी–खुटिया–डोटीको बिपीनगर, जोरायल, केआई सिंह गाउँपालिका हुँदै दिपायलसँग जोडिनेछ। सो सडकखण्डअन्तर्गत दिपायलसम्म ट्रयाक खोल्ने काम पूरा भएर स्तरोन्नति भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस